मोटरसाइकलले ठक्कर दिँदा धनुषामा एकजना स्थानीयको मृत्यु

धनुषा जिल्ला विदेह नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएकोछ। बिहीबार साँझ विदेह नगरपालिका - ७ बेलपाटीमा मोटरसाइकल दुर्घटनामा परी स्थानीय वृद्ध ६५ वर्षका रामरतन मण्डको मृत्यु भएको हो। बाटोमा पैदल हिँडिरहेका वृद्धलाई ०२-००७ प २९४३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका मण्डलको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको अस्पतालले जनाएको छ।