वन डढेलो नियन्त्रणका लागि सिसी क्यामरा जडानको शुरूवात

वन डढेलो नियन्त्रणका लगि हरेक डिभिजन वन कार्यलयहरुले सिसी क्यामरा राख्न शुरूवात गरेका छन् । जंगलमा लाग्ने अधिकांश डढेलो मानवीय त्रुटीका कारणले भएको भन्दै आगो नियन्त्रणका लगि सिसी  क्यामेरा राख्न सुरु गरिएको हो। चुरोट सल्काएर सलाइको काँटी चुरोटको ठुटा जङ्गलमा फाल्ने जंगलमा घाँस पलाओन भन्दै जानजान आगो लगाउने लगायत गतिविधिका कारण जङ्गलमा आगो लाग्ने गरेको  विभिन्न डिभिजन वन कार्यालयका अधिकृतहरुको भनाइ रहेको छ।

सिसी क्यामेरा जडान गरेर डढेलो लगाउने जो कोहीलाई कानुन अनुसार कारबाहीको दायरामा ल्याउन वनविदहरुको सुझावलाई ध्यान दिएर क्यामेरा जडान गर्न थालिएको वन तथा  भुू संरक्षण विभागले जनाएको छ।