निति तथा कार्यक्रम : रासायनिक मल कारखाना स्थापनालाई बहुवर्षीय आयोजनामा राखिने

काठमाडौँ - सरकारले रासायनिक मल कारखाना स्थापना गर्ने कार्यक्रमलाई बहुवर्षीय आयोजनामा राखेर कार्यान्वयन गर्ने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रममा सरकारले यस्तो घोषणा गरेको हो । रासायनिक मल समयमै उपलब्ध गराउने घोषणा गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।

उनले स्थानीय तहमा जैविक मल कारखान स्थापना गर्न प्रोत्साहन गर्ने नीति रहेको समेत बताए । बाँझो जमिनमा युवालाई प्रोत्साहन गर्ने नीति रहेको समेत उनको भनाइ छ । प्रदेश र स्थानीय तहमा शीतभण्डार निर्माण गरिने उनले बताए ।