‘एक भगवत् गीता’को पोस्टर सार्वजनिक

काठमाडाैं- भदाै २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘एक भगवत् गीता’को पोस्टर सार्वजनीक गरिएको छ। सार्वजनिक तीन पोस्टरमा अभिनेत विपिन कार्की, सुहाना थापा, धिरज मगर र बालकलाकारलाई देख्न सकिन्छ।

शुक्रबार सार्वजनिक सिनेमाको ‘क्यारेक्टर लुक्स’ पोस्टरमा धिरज र सुहाना रोमान्टिक अवतारमा प्रस्तुत छन् । पोस्टरमा धिरज गुरुङ पहिरनमा चित्रित छन्। यसबाट उनको चरित्र गुरुङ समुदायको रहेको बुझ्न सकिन्छ। सुहानाको लुक्स र गेटअपले भने मधेशी समुदायको झल्को दिन्छ । त्यस्तै, पोस्टरमा विपिन कार्की ट्रान्सजेन्डर लुक्समा प्रस्तुत छन्।