सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाकाे एक लाख १२ हजार ८००

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो ।

यस दिन छापावाल सुन तोलाको एक लाख १२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन तोलाको एक लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको एक लाख १२ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।