गोडरेजले ल्यायो ‘गज्जबको गोडरेज, कमालको अफर’

गोडरेजले दसैँ, तिहार तथा छठलाई लक्षित गर्दै ‘गज्जबको गोडरेज, कमालको अफर’ सार्वजनिक गरेको छ । अफरमा ग्राहकले गोडरेजका विभिन्न होम एप्लाएन्सको खरिदमा आकर्षक क्यासब्याक विशेष उपहारहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । अफर भदौ २६ गतेदेखि नेपालभर लागु भइसकेको छ । 

अफरमा ग्राहकले कुनै पनि गोडरेजको सामानको खरिदमा २५ प्रतिशतसम्मको अधिकतम छुट र अन्य आकर्षक उपहारहरू पाउन सक्ने छन् । फ्रन्ट लोड वासिङ मेसिनको खरिदमा ६ केजी एरियल म्याटिक वासिङ पाउडर तथा टप लोड वासिङ मेसिन र सेमी अटोमेटिक वासिङ मेसिनको खरिदमा तीन लिटर एरियल म्याटिक वासिङ लिक्विड प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

त्यसैगरी ग्राहकले गोडरेजको साइड बाई साइड रेफ्रिजरेटर खरिद गर्दा सिजिको इन्डक्सन चुलो सित्तैमा प्राप्त गर्न सक्ने छन् भने सिंगल तथा डबल डोर रेफ्रिजरेटरको खरिदमा आकर्षक क्यासब्याक प्राप्त गर्ने छन् ।

साथै, गोडरेजको चेस्ट फ्रिजरको खरिदमा समेत आकर्षक क्यासब्याकको व्यवस्था रहेको छ । साथै माइक्रोवेभ ओभनमा भने अति उपयोगी कुकिङ किट पाउन सकिने छ । त्यस्तै गरी एयर कन्डिसनर खरिद गर्ने उपभोक्ताका लागि कम्पनीले सित्तैमा जडान गरिदिने भएको छ । यसका साथै, कम्पनीले समान खरिद गर्ने ग्राहकका लागि फ्री डेलिभरी, फ्री इन्स्टलेसन सुविधा पनि प्रदान गरेको छ ।

त्यसै गरी शुन्य प्रतिशतमा फाइनान्स सुविधा, पुराना भएका सामान फेरबदल गरी नयाँ सामान लान चाहने ग्राहकका लागि एक्सचेन्ज अफर सुविधा र चाडपर्वको अवसरमा सामान खरिद गर्ने ग्राहकले ‘सिजी लोयल्टी क्लब’को रिवार्ड प्रोग्राम अन्तर्गत लोयल्टी सदस्यहरूले ललितपुरस्थित होटल विभान्तामा २५ प्रतिशतसम्म छुट पाउने कम्पनीले जनाएको छ ।

नेपाल अधिराज्यभर गोडरेजको ब्रान्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सीजी इलेक्ट्रोनिक्स अन्तर्गत सीजी ईओएल रहेको छ । सीजी इलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जालमार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ ।