शनिबार २१ कात्तिक । अर्बपती विनोद चौधरी नेपाली कांग्रेसका केन्द्रीय सदस्य बन्नका लागि योग्गे नरहेको भन्दै सर्वोच्च अदालतमा दायर गरिएको रिटको पेसी फेरि सरेको छ ।
चौधरी कांग्रेसको २०७८ मंसिरमा भएको १४ औं महाधिवेशन मधेसी कोटाबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।
उनका प्रतिस्पर्धा गरेका डा. शुभाषचन्द्र यादवले पार्टी विधान मिचेर क्रियाशील सदस्य लिएको १० वर्ष पुग्नुपर्ने प्रावधान चौधरीको हकमा लागु नभएको भन्दै सर्वोच्चमा पद खारेज गर्न माग गर्दै २०७८ सालको फागुन ३ गते रिट दायर गरेका थिए। उक्त रिटको पेसी कात्तिक १९ गते तोकिएको पेसी मंसिरमा १० गतेका लागि गरिएको हो।
प्रतिक्रिया