फागुन १२ देखि धादिङबेशीमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको केन्द्रिय महाधिबेशन

धादिङ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको ८ औं केन्द्रीय महाधिवेशन फागुन १२ गतेदेखि धादिङबेशीमा हुदैँछ ।

यही फागुन १२ देखि १४ गतेसम्म हुने केन्द्रीय महाधिवेशनको उद्घाटन नेपाल सरकारका उप–प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले गर्ने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल बागमती प्रदेशका उपाध्यक्ष एवम् महाधिबेशन प्रचारप्रसार समितिका संयोजक कृष्ण ढकाल शिशिरले जानकारी दिए । 

१२ गते उद्घाटनका दिन धादिङबेशी पुछारबजारबाट बिभिन्न प्रकारको झाँकी सहित कलाकारहरुको ¥याली हुने संयोजक ढकालले बताए ।  महाधिवेशनमा सहभागि हुन आउने ख्यातिप्राप्त कलाकारसहित देशभरबाट आउने प्रतिनीधिहरुका लागि धादिङबेसी,मलेखु र गजुरीका होटलहरु समेत बुक गरिसकिएको उनको भनाई छ ।

चर्चित लोकदोहोरी गायीका एवम् प्रतिष्ठानको हालको उपाध्यक्ष धादिङ नीलकण्ठ नगरपालिका–२ की रिता थापा मगरले आगामी अध्यक्षका लागि उम्मेदवारी घोषणा गरे । महाधिबेशनमा एक करोडभदा बढी खर्चहुने आँकलन गरिएको महाधिबेशन प्रचारप्रसार समितिका संयोजक ढकालले बताए ।