बैंक खाता खोल्न राजी राउटे समुदाय

पैसा छोए पाप लाग्छ भन्ने मान्यता राख्ने फिरन्ते राउटे समुदाय आधुनिक वित्तीय कारोबार गर्न राजी भएका छन् । सरकारले उनीहरुलाई दिने सामाजिक सुरक्षा भत्ता बैंकमार्फत बुझ्न् सहमत भै त्यसका लगि खाता खोल्न थालिएको छ। प्रत्येक राउटे नागरिकको बैंक खातामा जम्मा गर्ने र पछि समुदायमै गएर भत्ता वितरण गर्ने सहमति भएपछि उनीहरु बैंक खाता खोल्न सहमत भएका हुन् ।

पश्चिम नेपालका जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका मुखिया सूर्यनारायण शाहीले सरकारले दिने सामाजिक सुरक्षा भत्ता वितरण गर्दा समुदाय बस्ने बस्तीमै आएर वितरण गर्ने भनेपछि आफूहरु खाता खोल्न राजी भएको बताए ।