दुई महिनाको शिशु हत्या आरोपमा एक महिला पक्राउ

ओखलढुंगामा आफुले जन्माएको अन्दाजी दुई महिनाको शिशु हत्या गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । सिद्धीचरण नगरपालिका ४ चार्खु बस्ने २६ वर्षकी दिपकुमारी राईलाई प्रहरीले पक्राउ गरेको  हो । गत असार ३१ गते जिल्लाको चिशंखुगढी गाउँपालिका ८ बाघखोर जंगलमा शिशुको सव भेटिएको थियो ।

स्थानीय वासिन्दाले शिशुको सवा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रारम्भिक अनुसन्धानबाट मृतक शिशुको सव।सिद्धीचरण नगरपालिका ४ चार्खु बस्ने युवाराज राई र उनकी श्रीमती दिपकुमारी राईको रहेको खुलेपछि प्रहरीले दीपकुमारीलाई पक्राउ गरि अनुसन्धान थालेको थियोे ।