धर्मेन्द्र सेवानको ‘एउटा यात्रा’ सार्वजनिक

काठमाडाैं - गायक धर्मेन्द्र सेवानको आवजमा ‘एउटा यात्रा’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ।

सार्वजनिक गीतमा धर्मेन्द्रकै शब्द तथा संगीत रहेको छ। गायक राज के गोस्वामीको कन्सेप्ट तथा अभिनय रहेको भिडियोमा जीवन प्रति आशावादी हुँदै जीउनु नै जीवन हो भन्ने भाव व्यक्त भएको छ।

हुन त गोस्वामी आफ्नो नयाँ शैली मार्फत दर्शक तथा श्रोतामाझ आउने गरेका छन्। उनले ‘एउटा यात्रा’को भिडियोमा पनि आफ्नो सोही शैली देखाउने प्रयास गरेका छन्।

भिडियोमा दिनरात अथक परिश्रम गर्नै यद्यपि, त्यहाँ कहिलेकाहीँ परिणामहरू अपेक्षाअनुरूप नहुन सक्छन्, जसले निराश र अगाडी बढ्न असहज गराउँनसक्छ, त्यस्ता क्षणहरूमा शान्तिलाई अँगाल्न र आफैंमा भरोसा जगाउनु महत्त्वपूर्ण हुन्छ भन्ने कथा पेस गरिएको छ।

गोस्वामीले यो गीत पछिल्लो समय आर्थिक मन्दी, बेरोजगारीजस्ता समस्याका कारण युवाहरूमा मानसिक स्वास्थ्यमा विचलन आइ अप्रिय कदमहरु उठाउने गरेको अवस्थालाई मध्यनजर गर्दै यो गीत तयार पारेका हुन्।