मेरो भ्वाइसको उपाधि प्रितम राईलाई र डान्स युनिभर्सको उपाधि खुशी कार्कीलाई

गोदावरी - नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’ को उपाधि प्रितम राई भारतले र नृत्यतर्फको ‘मेरो डान्स युनिभर्स’ को उपाधि खुशी कार्की थाइल्यान्डले हात पारेका छन् ।

त्यसैगरी ‘मेरो भ्वाइस युनिर्भस’को फस्ट रनरअप शिशिर ठटाल भारत र ‘मेरो डान्स युनिर्भस’ को फस्ट रनरअप देवी गर्बुजा बेल्जियम भए । ती प्रतियोगिताको भएको अन्तिम प्रतिस्पर्धा ग्रान्ड फिनालेमा अन्तिम पाँच–पाँच प्रतियोगीबाट उनीहरू छानिएका हुन् । उनीहरू दर्शक तथा स्रोताको मतबाट छानिएका हुन् ।

मोरो भ्वाइस युनिभर्स सेकेन्ड रनरअफमा शरद हुमगाईँ नेपाल, थर्ड रनरअपमा परेश राई नेपाल र फोर्थ रनरअप साईराज खाती भारत रहेका छन् । त्यस्तै ‘मेरो डान्स युनिभर्स’ सेकेन्ड रनरअपमा मिग्मा डि लेप्चा भारत, थर्ड रनरअपमा स्वस्तिक अर्याल नेपाल र फोर्थ रनरअपमा नेसन सुस्लीङ मगर नेपाल रहेका छन् ।

इन्ट्रा नेपाल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले सञ्चालन गरेको दुवै प्रतियोगिताका विजेताले जनही रु एक करोड, फस्ट रनरअपले रु ३० लाख र सेकेन्ड रनरअपले रु २० लाख, थर्ड रनरअपले रु १० लाख र फोर्थ रनरअपले रु पाँच लाखसहित विभिन्न पुरस्कार प्राप्त गरेका छन्