पुरुषोत्तम गैरेको स्वरमा ‘म बिग्रेकी मन बिग्रियो ?’ (भिडियो)

काठमाडौं - गायक एवं सर्जक पुरुषोत्तम गैरेको स्वरमा ‘म बिग्रेकी मन बिग्रियो ?’ बोलको गीत सार्वजनिक भएको छ । ‘पुरुषोत्तम गैरे’ युट्युब च्यानलमार्फत आइतवार सार्वजनिक गीतमा गैरेलाई गायिका अनु चौधरीले साथ दिएकी छन् ।

गीतमा शब्द, संगीत गायक गैरे स्वयंको छ भने एचबिएन किस्मतले गीतको एरेन्ज गरेका हुन् । प्रशान्त मगरको निर्देशनमा तयार उक्त गीतको भिडियोमा मोडल करिश्मा ढकालसँग पिताम्बर पोखरेल र गोबिन्द थापाले अभिनय गरेका छन् ।

अजय रेग्मीको छायाँकन रहेको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका हुन् ।