माबिलुङ्ग इनर्जी लिमिटेडको साधारण शेयर (आईपीओ) को बाँडफाँड आइतबार (भदौ ८ गते) बिहान ९ः३० बजे हुने

माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको साधारण शेयर (आईपीओ) को बाँडफाँड मिति तय भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार कम्पनीको आईपीओ बाँडफाँड आउँदो आइतबार (भदौ ८ गते) बिहान ९ः३० बजे हुने भएको हो ।

कम्पनीले साउन २६ देखि २९ गतेसम्म सर्वसाधारणका लागि १२ लाख ४८ हजार ९ सय ४ कित्ता शेयर निष्काशन गरेको थियो । यस आईपीओमा १ लाख २४ हजार ८९२ जना लगानीकर्तालाई शेयर पर्न सक्नेछ । यसअघि कम्पनीले आयोजना प्रभावित स्थानीयवासी र वैदेशिक रोजगारमा रहेका नेपालीलाई छुट्याइएको सेयर बाँडफाँड गरिसकेको छ ।