कोशी प्रदेशकी उपसभामुख काठमाडौं हिँडिन्, संकटमा सरकार !

काठमाण्डौँ - कोशी प्रदेशकी उपसभामुख सृजना दनुवार काठमाडौं आएकी छिन् । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज विश्वासको मत लिने कार्यसूची छ तर विश्वासको मत लिने प्रदेश सभा बैठकको अध्यक्षता नगर्ने भन्दै उनी काठमाडौं आएकी हुन् । 

एमालेबाट निर्वाचित उपसभामुख दनुवारलाई बैठकमा उपस्थित नहुन निर्देशन पनि दिएको थियो । निर्देशनपछि उनी आज बिहान एती एयरलाइन्सको पहिलो उडानबाट काठमाडौं आएकि छिन् । 

नेकपा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपसभामुख दनुवार बिहान ८ बजेको फ्लाइटमा काठमाडौं गएको बताए ।