गैरहाजिर १६ प्रहरीलाई सात दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयको निर्देशन, नामवली सहित हेर्नुहोस्

नेपाल प्रहरी प्रधान कार्यालयले आफूखुसी कार्यालयमा हाजिर नभएका १६ जना प्रहरी कर्मचारीलाई स्पष्टीकरण सोध्दै हाजिर हुन निर्देशन दिएको छ । कार्यालयले एक सूचना जारी गर्दै आजको मितिले सात दिनसम्म सम्पर्कमा आउन निर्देशन दिएको हो । 

सम्पर्कमा नआएमा सेवाबाट हटाइनेसम्मको कारबाही हुनेसमेत बताइएको छ । ‘सात दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित प्रहरी प्रधान कार्यालयमा हाजिर हुन आउनुहोला,’ सूचनामा भनिएको छ, ‘अन्यथा प्रहरी नियमावलीअनुसार कारबाही हुनेछ ।’

प्रहरी नियमावली २०७१ को नियम ११५ को देहाय ९२० बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँसिसक्दा पनि कार्यालयको सम्पर्कमा नआएकाले यो सूचना निकालेको जनाएको छ ।  सात दिनभित्र स्पष्टीकरणसहित कार्यालयको सम्पर्कमा आएमा सफाइको मौका समेत दिइने कार्यालयले जनाएको छ । 

undefined