भक्तपुरमा मयुर यातायातको ठक्करबाट पैदलयात्रुको मृत्यु

भक्तपुरमा मयुर यातायातको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । मंगलबार सूर्यविनायकबाट आदर्श चोक जाँदै गरेको बा.५ ख ४७८२ नम्बरको मयुरले सडक पार गर्दै गरेकी ७१ वर्षीया सुवर्ण केशरी श्रेष्ठको मृत्यु भएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते भएकी श्रेष्ठको उपचारको क्रममा जिल्ला अस्पताल भक्तपुरमा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले रातोपाटीलाई बताए । मृतक भक्तपुर नगरपालिका–४ मंगलाछेंकी स्थानीय हुन् ।

बस चालक नुवाकोटको शिवपुरी घर भएका २८ वर्षीय दिल कुमार तामाङलाई प्रहरीले पक्राउ गरेको छ । बस र चालक दुवैलाई प्रहरी वृत्त जगातेमा राखिएको एसपी गिरीले जानकारी दिए ।