पहाडी भू-भागमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ - पहाडी भूभागमा आइतबार मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।  जसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदली  रहेको छ।
आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा  चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।


राति कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा  चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । सोमबार पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।