आज सुनको भाउ १ हजार ५ सय रुपैयाँले बढ्यो

हरितालिका तीजको दिन आज सुनको भाउ बढेको छ । सुनको भाउ १ हजार ५ सय रुपैयाँ बढेर १ लाख ९८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन भाउ तोलाको १ लाख ९७ हजार २ सय रुपैयाँ रहेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ ५ रुपैयाँले बढेर तोलाको २ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।