काठमाडौं उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा आजदेखि सुरु हुँदै

काठमाडौं उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा आजबाट सुरु हुँदै छ । नेवारी समूदायले यो पर्वमा वर्षा र सहकालको देवताको रूपमा इन्द्रको पूजा आराधना गर्दछन् । आठ दिनसम्म विभिन्न नाजगान, रथयात्रा गरी यो पर्व मनाइन्छ ।

जात्रामा सहभागी हुनका लागि २० जना विदेशी पाहुना आउने काठमाडौं महानगरपालिकाले जनाएको छ । इन्द्रजात्रामा राष्ट्रप्रमुखको हैसियतमा राष्ट्रपतिले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको दर्शन गर्ने परम्परा रही आएको छ ।

महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार जात्राअन्तर्गत वन प्रस्थान, लिंगो नगर प्रवेश लगायतका काम सम्पन्न भइसकेको छ । जात्रा सञ्चालन तथा व्यवस्थापनका लागि इन्द्र जात्रा व्यवस्थापन समितिसँगको सहकार्यमा महानगरपालिकाले सांस्कृतिक, सामाजिक तथा धार्मिक क्रियाकलाप सञ्चालन, प्रवर्द्धनको काम गरिरहेको छ । शान्ति सुरक्षा, सरसफाइ, सम्पदाहरूको मर्मत, रङरोगन, रथयात्राको रुटमा पर्ने सडक मर्मत लगायतका काम गरिएको छ ।