वीर अस्पतालमा प्रतिस्पर्धाविना औषधि खरिद

वीर अस्पतालले फार्मेसीका लागि आवश्यक पर्ने औषधि खरिदविना प्रतिस्पर्धा गरेको पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार गरेको अनुगमन गर्ने क्रममा त्यस्तो पाइएको मन्त्रालयका अधिकारीले जानकारी दिए । अस्पताल प्रशासनले भने तिनवटा फार्मेसीका लगि औषधिखरिद प्रक्रिया पूरा गरेर गरेको दाबी गरे पनि अनुगमनको क्रममा भने ०७८ देखि पुरानै सम्झौता अनुसार खरिद भइरहेको पाइएको छ ।

आवश्यकता अनुसारको औषधि फार्मेसीमा नभएको, अनावश्यक औसधि स्टोरमा राखेको, फार्मेसीको स्टोरमा पालना गर्नुपर्ने न्यूनतम मापदण्ड पनि पालना नगरेको अनुगमनको क्रममा देखिएको हो।