टेरामक्स प्रकरणको छानबिन अन्तिम चरणमा : प्रमुख आयुक्त राई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईले टेरामक्स घोटाला प्रकरणमा आरोपीलाई बयान लिने काम सकिएको र छानबिन अनुसन्धान अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन् । उक्त प्रकरणमा तथ्य र प्रमाणलाई केलाउने काम भइरहेको उनको भनाइ छ ।

यसैगरी उनले वाइडबडी खरिद प्रकरणको पनि छानबिन अन्तिम चरण पुगेको जानकारी दिए । अन्तर्राष्ट्रिय स्तरबाट सूचना  ल्याउन कठिन भइरहेको साथै दुईपक्षीय सम्झौता नभइ सूचना दिन नसक्ने जवाफ आएकोले नेपाल सरकारले यस विषयमा ध्यान दिनुपर्ने उनले बताए । उनले सेक्युरिटी प्रेसको टेप प्रकरणमा पनि अनुसन्धान भइरहेको बताउदै प्रयाप्त प्रमाण र आधार नभएसम्म कसैलाई दोषी ठहर गर्न नहुने जिकिर गरे ।

आयुक्त राईले अहिले सबैभन्दा बढी भ्रष्टाचार आइटी क्षेत्रमा रहेकोले सुधारको लगि सरकारलाई आयोगले १० बुँदे सुझाव दिएको जानकारी दिए ।