गुरुकुलमा नाटक ‘काल’ मञ्चन हुँदै

रङ्गकर्मी रामभजन कामतद्वारा निर्देशीत नाटक ‘काल’ मञ्चन हुने भएको छ। नाटक थापागाउँस्थित आरोहण गुरुकुल, कुञ्ज नाटकघरमा मंसिर १४ देखि ३० गतेसम्म मञ्चन हुने भएको हो। नाटकको परिकल्पना, लेखन र निर्देशन राम भजन कामतले गरेका हुन्। कला, संस्कृति तथा पर्यटन प्रतिष्ठान, नेपाल, काेशी प्रदेश विराटनगरकाे प्रस्तुति तथा आरोहण गुरुकुल स्कुल अफ थिएटरको सहकार्यमा नाटक मञ्चन हुन लागेको हो।

निर्देशक कामतले सामाजिक सञ्जाल फेसबुक पेजमार्फत नाटकको पोस्टर सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्। ‘मृत्यु रोज्ने मान्छेको मृत्यु खोज्ने जागीर’ उनले नाटकबारे उनले लेखेका छन्।

निर्देशक रामभजन कामत विराटनगरमा जन्मेर बाल्यकालदेखि नै आरोहण गुरुकुल विराटनगरमा प्रवेश गरी आरोहण गुरुकुल काठमाण्डौ र आरोहण गुरुकुल काठमाण्ठौका नाटकहरुमा अभिनय गरिसकेका रामभजनले नेपालको मैथिलि भाषामा नाटक अभिनय तथा निर्देशन गर्ने एक कहलिएका कलाकार हुन ।

निर्देशक कामत हाल राष्ट्रिय नाचघरमा नाटक कलाकारको रुपमा पनि काम गरिरहेकाे छ । नेपाली रंगमञ्च, नेपाली सिनेमा तथा नेपाली टेलिसिरीयलमा कहलिएको नाम हो रामभजन कामत। निर्देशक कामतले हालसम्म दुई दर्जन भन्दाबढी नेपाली तथा मैथिली नाटकहरुमा अभिनय तथा निर्देशन गरेका छन् । कामतले दर्जन भन्दाबढी नेपाली चलचित्रमा अभिनय गरिसकेका छन् ।

नेपालको एकदमै चर्चित हास्य श्रृखला 'सक्किगोनी' तथा बहादुरपुरको दन्त कथा, अन्धाको हात्ती, महाकञ्जुस, मिता आब कोना चलब ?, धोको, कर्णाली दखिन बग्दो छ, माक्र्स फकिए, आधा अधुरो, एक चिहान लगायतका नाटकहरुमा पनि अभिनय गरेका छन् ।

नाटकमा नेपालका वरिष्ठ रङ्गकर्मी सुनिल पोखरेल, प्रविण खतिवडा लगायतका कलाकारहरुको अभिनय रहेका छन् । नाटक सोमबार बाहेक साताको प्रत्येक दिन दिउँसो साढे ४ बजे मञ्चन हुनेछ। साथै शनिबार १ बजे अतिरिक्त शो पनि हुनेछ।

नाटकको प्रश्तावना-पत्र यहाँ हेर्न सकिनेछ ।