१४३ रोपनी जग्गा व्यक्तिका नाममा नामसारी गरिसकेको सीआईबीको निष्कर्ष

काठमाडौं - नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी जग्गा व्यक्तिका नाममा नामसारी गरेको पाइएको बताएको छ ।

सीआईबीले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारले क्षतिपूर्ति दिएर अधिग्रहण गरिसकेको जग्गा व्यक्तिका नाममा नामसारी गरेको पाइएकाले चारजनालाई पक्राउ गरी अनुसन्धान गरिएको जनाएको हो ।