दिगो विकास तथा सुशासन समितिद्वारा कार्ययोजनाको क्रियाकलाप प्रस्ताव तयार

 काठमाडौँ - दिगो विकास र तथा सुशासन समितिले भ्रष्टाचार निवारण र सुशासन प्रवर्द्धनमा जोड दिँदै चालु आर्थिक वर्ष २०८०र८१ को कार्ययोजनाको २१ बुँदे क्रियाकलापसम्बन्धी प्रस्ताव तयार गरेको छ ।

समितिको आजको बैठकमा प्रस्तुत प्रस्तावित कार्ययोजनामा भ्रष्टाचार निवारण र सुशासनका सन्दर्भमा नियामक निकायसँग गहन छलफल र अन्तक्रियालाई प्राथमिकतामा राखिएको छ ।

समितिले आगामी १६औँ पञ्चवर्षीय योजना, लैङ्गिक उत्तरदायी बजेट र दिगो विकास लक्ष्य साङ्केतीकीरणका विषयमा अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग छलफल कार्यक्रम पनि प्रस्ताव गरेको छ ।

दिगो विकास लक्षित र लैङ्गिक उत्तरदायी योजना निर्माण, पूर्वाधार विकास, खानेपानी, वातावरणीय सन्तुलन तथा फोहर व्यवस्थापन, सुशासन प्रवद्र्धन र सेवा प्रवाहका मुद्दालाई समितिले जोड दिएको सभापति प्रकाश पन्थले जानकारी दिए ।