मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक पोखरेल बलात्कार आरोपमा पक्राउ

काठमाडौँ - मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक एवम् इन्जिनियर हरिकुमार पोखरेल बलात्कार आरोपमा पक्राउ परेका छन् ।

प्रहरीले उनलाई काठमाडौंस्थित त्रिपुरेश्वरबाट पक्राउ गरेको हो ।

उनीविरूद्व प्रहरीमा बलात्कार आरोपमा जाहेरी परेको छ ।

आरोप लागेपछि उनी सम्पर्कविहीन भएका थिए ।