सप्तरीमा धारिलो हतियार प्रहार गरि युवकको हत्या

काठमाडौं - सप्तरीमा धारिलो हतियार प्रहार गरि एक युवकको हत्या गरिएको छ ।

शुक्रबार बिहान साढे ६ बजे हनुमाननगर कंकालिनी नगरपालिका १० इनरूवाका २१ वर्षीय तिरिकनारायण मण्डल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रहरीका अनुसार तिलाठी कोइलाडी गाउँपालिका ७ मनसापुरस्थित भित्री सडक किनाराको नहरमा मण्डल मृत फेला परेका हुन्। शवको प्रकृति हेर्दा उनीमाथि धारिलो हतियार प्रहार गरी हत्या भएको अनुमान गरिएको छ ।