चार जनाको टोली १५ वटा मुर्रा राँगा लिन भारत जाँदै

काठमाडौँ - भारतबाट अनुदानमा पाएको १४ वटा मुर्रा राँगा लिन नेपालबाट चार जनाको टोली जाने भएको छ । टोली असार अन्तिमतिर चार जनाको टोली भारत जान लागेको पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालले जानकारी दिए ।

भारतले अनुदानमा दिने १५ वटा राँगालाई एकै लटमा नेपाल ल्याइने ढकालले बताए। असार अन्तिम भनिए पनि मिति तय भइसकेको छैन ।