भारतीय अदालतले भन्यो- आदिपुरूष गलत छ

काठमाडौँ - दक्षिण भारतीय चलचित्र आदिपुरूषमाथि भारतको उच्च अदालतले प्रश्न उठाएको छ ।

इलाहाबाद उच्च अदालतले आदिपुरुष सेन्सर बोर्डबाट पास हुनु गलत भएको ठहर गर्दै सेन्सर बोर्डलाई फिल्म कसरी पास भयो भन्दै प्रश्न गरेको छ ।

अदालतले अदालतले रामायणका पात्रलाई हिन्दूहरूले पूजा गर्ने गरेको तर फिल्ममा ठट्टाको रूपमा देखाइनु आपत्तिजनक भएको निष्कर्ष निकालेको छ

। यस्तै, अदालतले कुनै पनि धर्मको गलत व्याख्या गर्न नमिल्ने बताएका छ । सुनुवाइका क्रममा फिल्म पास गरेर सेन्सर बोर्डले गल्ती गरेको ठहर अदालतले गरेको छ।