जतिसक्दो चाँडो सञ्चारसम्बन्धी कानून ल्याउने तयारीमा छौं : संचार मन्त्री शर्मा

काठमाडौँ - सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जतिसक्दो चाँडो सञ्चारसम्बन्धी कानून ल्याउने तयारी भइरहेको बताएकी छन् । 

मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालको बिदाइ कार्यक्रममा सरकारका प्रवक्ता शर्माले सञ्चार क्षेत्रका विज्ञ तथा सरोकारवालाको सल्लाह र सुझावका आधारमा सञ्चार ऐन ल्याउने तयारी भइरहेको जानकारी दिए।     

उनले सूचना प्रविधिको क्षेत्रमा आएको परिवर्तनलाई आत्मसाथ गर्दै इमान्दारीपूर्वक जनतालाई अझै प्रत्यक्ष लाभ हुने गरी नतिजामुखी काम गर्न कर्मचारीलाई निर्देशन दिए। उनले भनिन्, “सचिवज्यू जहाँ भए पनि उहाँको योग्यता र क्षमताको जनताले अनुभूत गर्न पाउनेछन् भन्नेमा म विश्वस्त छु ।”     

 सोही अवसरमा सचिव अर्यालले आफ्नो कार्यकालमा एकीकृत कार्यालयको व्यवस्थापन कार्य, सञ्चार ऐन तयार गर्ने, चलचित्र स्टुडियो निर्माण र डिजिटल साक्षरता अभियानलगायतका कार्यक्रम गर्न सफल भएको बताए ।    

 यही चैत १६ गतेको मन्त्रिपरिषद् बैठकले सचिव अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेको हो । सचिव अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्त समूहमा सरुवा भएका हुन्। उनि  करिब डेढ वर्षदेखि सूचना सञ्चार मन्त्रालयको सचिव  पदमा थिए ।