पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक २८ घण्टापछि खुल्यो

चितवन - नारायणगढ–मुग्लिन सडक खण्ड २८ घण्टापछि सञ्चालनमा आएको छ । पहिरो खसेसँगै ठप्प भएको सडक पहिरो पन्छाउने काम सकिएसँगै सञ्चालनमा आएको हो ।

आज बिहान साढे ८ बजेदेखि नै दुवै तर्फबाट पहिरो पन्छाउने काम भएकोमा अहिले बेलुका ५ बजेदेखि सडक सञ्चालनमा आएको डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशकुमार पौडेलले बताए ।