बिशाल रायमाझीको तिज गित 'लाज किन बाबा' बजारमा (भिडियोसहित)

काठमाण्डौँ - तिज गित 'लाज किन बाबा' बजारमा आएको छ । बिशाल रायमाझी र दुर्गाा रोकायाको आवाजमा सजिएको गितमा शब्द संगीत बिशाल रायमाझी र एरेन्जर बिश्वास नेपालको छ । गितको अभिनयमा दुर्गेश थापा तथा एलिना रायमाझी छन् । रायमाझीहरुको तिज गितले बजार निकै तताउने भएकाले पनि यस्पालीको 'लाज किन बाबा'ले पनि बजारमा छुट्टै माहोल सिर्जना गर्नेमा गायक रायमाझीको बिश्वास छ । 

तिज आउन अझै दुई महिना जति बाँकी हुँदा आएको यस गितले बजारमा राम्रो पहिचान बनाउने स्वयम् गायक बताउँछन् । 

बिशाल रायमाझी नामक युटुव च्यानलबाट सार्वजनिक भएको यस गितमा यो समाचार तयार पार्दासम्म ३२ हजार ७ सय ७९ जनाले हेरेका छन् भने २ हजार जनाले लाईक गरेका छन् । 

भिडियो हेर्नुहोस् :