images

बालकुमारी प्रदर्शन घटना : मृतकका परिवारलाई सरकारले दश लाख क्षतिपूर्ति

शुक्रबार ललितपुरको  बालकुमारीमा भएको घटनामा परी मृत्यु भएका दुई जनाका परिवारलाई सरकारले क्षतिपूर्ति स्वरुप जनही १० लाख उपलब्ध गराउने भएको छ।

आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषदको बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री सरकारका प्रबक्ता रेखा शर्माले बताइन् ।

हिजो भएको आन्दोलनमा परी दैलेखका  सुजन राउत र अछामका बिरेन्द्र शाहको प्रहरीको गोली लागि निधन भएको थियोे । उक्त घटनामा परी घाइते भएकाको सरकारले उपचारको व्यवस्था मिलाउने भएको छ।

 

शनिबार १४ पुस २०८० ०५:२९ PM मा प्रकाशित

प्रतिक्रिया