गएराति मध्य र पश्चिमी भेगका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै डडेलधुरामा ३०.४ मिलिमिटर पानी परेको छ । डोटी, अछाम, जाजरकोटलगायतका ठाउँमा पनि मध्यम वर्षा भएको छ ।
अछामको बेनिघाट जलमापन केन्द्रमा जल सतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्रको आसपासामा बस्नेलाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही ठाउँहरु तथा तराई भू–भागका थोरै ठाउँहरुमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ ।