आजको विनिमयदर कस्तो छ ? 

काठमाडौँ - नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१।३० रुपैयाँ रहेको छ भने बिक्री दर १३१।९० रुपैयाँ तथा युरोपियन युरो एकको खरिद दर १४४।६४ रुपैयाँ रहेको छ भने बिक्री दर १४५।३० रुपैयाँ कायम गरिएको छ ।

हिजो डलरको खरिद दर १३१ रूपैयाँ ३० पैसा र बिक्री दर १३१ रूपैयाँ ९० पैसा रहेको थियो भने युरो एकको खरिद दर १४४रूपैयाँ ०८ पैसा र बिक्री दर १४४ रूपैयाँ ७४ पैसामा कारोबार भएको थियो ।

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८।७४ रुपैयाँ रहेको छ भने बिक्री दर १६९।५१ रुपैयाँमा कारोबार हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८७।३१ रुपैयाँ र बिक्री दर ८७।७१ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ६ पैसा र बिक्रीदर ९९ रुपैयाँ ५२ पैसामा कारोबार हुनेछ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ३० पैसा र बिक्रीदर ९ रुपैयाँ ३४ पैसामा खरिदबिक्री गर्न सकिने जनाएको राष्ट्र बैंकले दक्षिण कोरिया वन १०० को खरिदमा १० रूपैयाँ ३१ पैसा र बिक्रीदर १० रूपैयाँ ३६ पैसा कायम गरिएको छ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०४ पैसा र बिक्री दर ३६ रूपैयाँ २१ पैसामा कारोबार हुने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५।०१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५।१७ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिद दर २८।८३ रुपैयाँ रहेको छ भने बिक्री दर २८।९६ रुपैयाँ तथा कुवेत दिनार १ को खरिदमूल्य ४२७।९७ पैसा विक्रीदर ४२९।९२ पैसामा कारोबार गर्न सकिने जनाएको छ।