इटहरी उपमहानगरपालिकाको गेटमा शंकास्पद वस्तु फेला

सनुसरीको इटहरी उपमहानगरपालिकाको कार्यालय अगाडि शंकास्पद वस्तु फेला परेको छ । उपमहानगरपालिका अगाडिको घुम्ती पसल छेउमा कालाे झाेलामा शंकास्पद वस्तु फेला परेको हो । उपमहानगरपालिका अगाडिको  भेटिएको शंकास्पद वस्तु निष्क्रिय बनाउनका लागि नेपाली सेनाको टोली खटिएको छ ।