दोस्रो त्रैमासिक अवधिसम्म नेपालको जिडीपी वृद्धिदर ऋणात्मक 

काठमाडौँ - चालु आर्थिक वर्ष २०७९र८० को दोस्रो त्रैमासिक अवधिसम्मको कूल गार्हस्थ्य उत्पादन जिडीपी वृद्धिदर ऋणात्मक देखिएको छ । चालू आवको बजेटमार्फत आठ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको नेपालले अर्धवार्षिक अवधिमा भने ऋणात्मक वृद्धिदर भोगेको हो ।

केन्द्रीय तथ्यांक कार्यालयले सार्वजनिक गरेको गत पुस मसान्तसम्मको आर्थिक वृद्धिदर अनुमान हेर्दा पहिलो त्रैमास साउन, भदौ र असोज मा ०.३४ र दोस्रो त्रैमास कात्तिक, मङ्सिर र पुस मा ०.७३ प्रतिशतले ऋणात्मक देखिएको हो ।