१३ वर्षीय छात्राको शंकास्पद मृत्यु , बिद्यालयका प्रिन्सिपलसहित तिन पक्राउ

चितवन। बिद्यालयको होस्टेलमा १३ वर्षिय शालीन पखरेल झुन्डिएको अवस्थामा छात्राको शव भेटिएपछि चितवन प्रहरीले प्रधानध्यापकसहित तिनजनालाई पक्राउ गरेको छ । चितवनको रत्ननगर नगरपालिका - १० मा रहेको एकता शिशु निकेतन बोर्डिङ स्कुलको कक्षा आठमा अध्यनरत शालीन आफुू बस्ने कोठामा झुन्डिएको अवस्थामा भेटिएकी हुन् ।

उनका परिवारले हत्या भएको दाबी गरेका छन् । प्रहरीले पोस्टमार्टमलगायतका रिपोर्ट आएपछि मात्र पोखरेलको हत्या वा आत्महत्या भन्न सकिने जनाएको छ। प्रहरीले प्रधानध्यापक बालहरि देवकोटा, सहायक प्रधानध्यापक किरणबहादुर अधिकारी र वार्डेन कमल शर्मा पौडेललाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।