भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य,पेट्रोलमा ४.३३ रुपैयाँ घट्यो

काठमाडौं - भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन आईओसीले नेपाल आयल निगमलाई पेट्रोलियम
पदार्थको घटेको मूल्यको बिवरण दिएको छ ।

निगमका अनुसार पेट्रोल लिटरमा चार रुपैयाँ ३३ पैसा तथा डिजेलमा चार रुपैयाँ ११ पैसा मूल्य घटेको भन्दै पत्र आएको हो ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेका कारण आईओसीले पनि सोही अनुसार घटेको मूल्य निगमलाई पठाएको हो । डिजेल, पेट्रोलको मूल्य घटेर आएपछि

निगमले स्वचालित बिधिवाट मूल्य घटाउँछ । तर, अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सोमबार सार्वजनिक बिदा परेकाले मूल्य भनेर भने सोही अनुसार घटेको छैन। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दै आएको छ ।