संसदमा अबदेखि अनिवार्य विद्युतीय हाजिरी, विवरण वेबसाईटमार्फत सार्वजनिक गरिने

संघीय संसद्का  बैठकमा  सांसदहरूको उपस्थिति  अब वेबसाईटमार्फत सार्वजनिक गरिने भएको छ। सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकको निर्णयले सांसदहरूको विद्युतीय हाजिरी गरी त्यसको विवरण वेबसाईटमार्फत सार्वजनिक गर्न लागेको हो। यसअघि विद्युतीय र रजिस्ट्रार दुवै हाजिरीको विकल्प सांसदलाई थियोे ।