जिल्ला प्राविधिक कार्यालय मुगुका तत्कालीन प्रमुख इन्जिनियरसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्राविधिक कार्यालय मुगुका तत्कालीन प्रमुख इन्जिनियर देवीप्रसाद पाण्डेसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरूले २६ लाख ८२ हजार १४ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले विशेष अदालत काठमाण्डाैमा मुद्दा दायर गरेको हो । सोरु गाउँपालिका वडा नम्बर ९ तन्दवाडा–छडा सिँचाइ आयोजनामा लागत अनुमानअनुसार काम नगरि रकम हिनामिना गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान गरेको हो । अनुसन्धानमा रकम हिनामिना गरेको भेटिएपछि मुद्दा दर्ता गरेको अख्तियारले जनाएको छ ।