नापी कार्यालय, कलंकीका सर्भेक्षक लक्ष्मीप्रसाद चौलागाईं १ लाख घुससहित पक्राउ

नापी कार्यालय, कलंकीका सर्भेक्षक र लेखापढी व्यवसायी एक लाख घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्भेक्षक लक्ष्मीप्रसाद चौलागाईं र लेखापढी व्यवसायी नेत्रमणि पोखरेललाई बुधबार नापी कार्यालयबाटै पक्राउ गरेको हो । 

चौलागाईंसँग ४५ हजार र पोखरेलसँग ५५ हजार घुस बरामद भएको आयोगले जनाएको । जग्गा हालसाबिक र कित्ताकाट गरी पूर्जा उपलब्ध गराइदिने भनेर उनीहरूले सेवाग्राहीसँग १ लाख  घुस लिएका हुन् ।