असइ थमन विक हत्या प्रकरणमा जोडिएका : फरार सांसद सेवा सुविधा रोक्का

काठमाडौं । सशस्त्र प्रहरी बलका असइ थमन विकको हत्या मुद्दामा जन्मकैद सजाय पाएका लोकतान्त्रिक समाजवादी पार्टीको मधेस प्रदेश संसदीय दलका नेता अभिराम शर्माको पाई आएको सबै सेवा - सुविधा रोक्का भएको छ।माघदेखि सांसद शर्माको सुविधा रोक्का गरिएको मधेस प्रदेश सभा सचिवालयले जनाएको छ।

महोत्तरी जिल्ला अदालतको मंसिर २८ गतेको इजलासले असइ विकको हत्या प्रकरणमा सांसद शर्मासहित सातजनालाई जन्मकैद फैसला सुनाएको थियोे ।