अख्तियार दुरुपयोग अनुसन्धान अयोगले काठमाडौंको बूढानिलकण्ठ नगरपालिकामा कार्यरत सव–इन्जिनियर टिकाराज राईसमेत दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले सेवाग्राहीसँग घुस लिई भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
अख्तियारले मुद्दा दायर गरेका अर्का व्यक्ति ठेकेदार रामचन्द्र सुनुवार हुन् । दायर मुद्दामा अख्तियारले उनीहरूसँग ८० हजार रुपैयाँ बिगो दाबी गरेको छ । सव–इन्जिनियर (करार) राईले घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराएवापत सेवाग्राहीसँग घुस मागिरहेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।