तपस्वी भनिएका रामबहादुर बम्जनलाई सर्लाही जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासले बिहीबार बम्जनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको श्रेस्तेदार सदन अधिकारीले जानकारी दिए ।
श्रेस्तेदार अधिकारीका अनुसार बिहीबार बम्जनतर्फका पाँच र दुईजना सरकारी वकिल गरी सातजनाले बहस गरेका थिए । विभिन्न स्थानबाट यौन दुरुपयोग, जबरजस्ती करणी, बेपत्ता पारिएकोसहितका आरोपमा उजुरी परेका बम्जनलाई सर्लाही जिल्ला अदालतबाट भने बाल यौन दुरुपयोग मुद्दामा पक्राउपुर्जीजारी भएको थियो ।