नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ५५ पैसा र बिक्रीदर १३३ रूपैयाँ १५ पैसा कायम गरिएको छ।क्यानेडियन डलर एकको खरिदमा ९९ रूपैयाँ १४ पैसा र बिक्रीमा ९९ रूपैयाँ ५९ पैसा पाइन्छ। यस्तै, युरोपियन युरो एकको खरिदमा १४५ रूपैयाँ ५५ पैसा र बिक्रीमा १४६ रूपैयाँ २१ पैसा पाइन्छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रूपैयाँ ९८ पैसा र बिक्रीमा ८९ रूपैयाँ ३८ पैसा तोकिएको छ। यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६९ रूपैयाँ १८ पैसा र बिक्रीदर १६९ रूपैयाँ ९५ पैसा तोकिएको छ। यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ३५ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५१ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ३५ पैसा र बिक्रीदर ३५ रूपैयाँ ५१ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ०९ पैसा र बिक्रीमा ३६ रूपैयाँ २५ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २८ रूपैयाँ ५३ पैसा र बिक्रीमा २८ रूपैयाँ ६६ पैसा पाइन्छ।
शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ ३७ पैसा र बिक्रीमा ४३३ रूपैयाँ ३२ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ६१ पैसा र बिक्रीदर ३५३ रूपैयाँ २१ पैसा तोकिएको छ।