आजको शेयर बजार राताम्मे : नेप्से १६.९६ अंकले घट्यो, कारोबार रकममा भने बृद्धि !

काठमाडौँ - साताको पहिलो दिन आइतबार नेप्से परिसूचक घटेर बन्द भएको छ । यसदिन १६.९६ अंकले घटेर नेप्से परिसूचक १८२१.६४ विन्दुमा रोकिएको हो । 

आज नेप्से परिसूचक घटेको भए पनि कारोबार रकम भने वृद्धि भएको छ । आज २६३ धितोपत्रको २७ लाख ८८ हजार ८१५ कित्ता ९० करोड पाँच लाख ६३ हजार रुपैयाँमा खरिद–बिक्री भएको छ ।

गत साताको अन्तिम करोबार दिन ५७ करोड ८८ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो । आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य ६६ रुपैयाँ १० पैसा वृद्धि भएर ७२१ रुपैयाँ १० पैसा कायम भएको छ ।

त्यस्तै, राष्ट्रउत्थान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.३७ प्रतिशतले घटेर ६०३ रुपैयाँ कायम भएको छ । सर्वाधिक मूल्यको सेयर खरिद–बिक्री नागरिक लगानी कोषको भएको छ । यो कम्पनीको पाँच करोड ३५ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।