एनएमबी बैंकको एटीएम सेवा आज राति बन्द हुने, यस्तो छ कारण

काठमाडौँ / एनएमबि बैंक लिमिटेडको कार्ड र एटीएम सेवा आज एकदिन अबरुद्ध हुने भएको छ ।  

बैंकको स्विचमा सेक्युरिटी अपग्रेडसम्बधी कार्य गर्न लागिएको भन्दै आज रातिदेखि भोलि बिहानसम्म सेवा बन्द हुन लागेको हो । 

‘मिति २०८० जेठ १ गते सोमबार राति १०ः३० बजे देखि २०८० जेड ०२ गते मंगलबार बिहान १ः३०बजेसम्म बैंकबाट जारी गरिएका कार्ड तथा एटीएम सेवा अवरुद्ध हुने’ सो बैंकले जनाएको छ ।