५.३२ अंकले घट्यो नेप्से, १ अर्ब १४ करोडको कारोबार

काठमाण्डौँ - साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजारमा गिरावट भएको छ । बिहीबार बजार परिसूचक नेप्से ५.३२ अंकले गिरावट हुँदा १९३३.३१ अंकमा बन्द भएको छ ।

लगानी, व्यापार, अन्य र हाइड्रोपावर उपसूचकमा बाहेक सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो । बिहीबार व्यापार उपसूचक सर्वाधिक १.४१ प्रतिशतले वृद्धि हुँदा लगानी उपसूचक ०.३५ प्रतिशत र अन्य उपसूचक ०.१२ प्रतिशतले वृद्धि भएको छ । यता होटल तथा पर्यटन उपसूचक १.१४ प्रतिशत र लघुवित्त उपसूचक ०.९० प्रतिशतले गिरावट भएको छ ।