आजको शेयर बजार : नेप्से ३.२९ अंकले बढ्यो,सेयर कारोबार कति ? 

 काठमाडौँ - साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार बढेको छ । मंगलबार नेप्से परिसूचक ३.२९ अंकले बढेर १८२१.६० विन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.०१ अंकले घटेर ३४९.०० विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २६९ कम्पनीको २० लाख ६३ हजार ७३७ कित्ता सेयर खरिद बिक्री हुँदा ६४ करोड १ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

त्यस्तै, कारोबारको आधारमा एनआईसी एशिया बैंकको अग्रिम स्थानमा छ । यसको आज ५ करोड भन्दा बढीको कारोबार भएको छ । त्यस्तै क्रमश शिभम् सिमेन्ट र नबिल बैंकको कारोबार भएको छ । मंगलबारको कारोबारमा १३ वटै उपसूचकमध्ये दुई उपसूचक बाहेक सबै उपसूचक बढेको छ ।